जो मानिस पूर्ण रुपमा सवस्थ रहन चाहन्छ, त्यो शाकाहारी हुनु जरुरी छ। आज-भोली प्राय सबै डाक्टर हरु शाकाहार लाइ समर्थन गर्दैछन् किनकी आहार पद्धति मा यस्ले सब भन्दा अधिक पोषण प्रदान गर्छ। यस्तो आहारले मानिसलाई मांसाहार बाट उत्पन्न हुने धेरै घातक रोगहरु बाट बचाउंछ।
परम्पराको नाउमा, सजिलोको लागी र आफ्नो क्षेणिक स्वादको लागि निर्दोष पशु-पंक्षी हरु लाइ निर्मम ह्त्या गर्नु कुनै पनि कारणले उचित हैन। पशु-पंक्षी हरु मानिसको आहार हैनन, एक पटक तिनीहरुको स्थानमा आफू लाइ उभ्याएर महसूस गर्नु पर्छ अनि थाह हुन्छ उनको पीड़ा। यदि हामिहरुका आमा-बुवा,दीदी-बहिनी,दाजु-भाई ,छोरा-छोरी अनि इष्ट -मित्र हरुलाई पनी यसरी नै कसैले काटेर टुक्रा-टुक्रा पारी खायो भने हामीलाई कस्तो लाग्ला? त्यसैले मांशाहार सबैले सबैलाई छोड्नु-छोडाउनु नै बेस हुन्छ।
No comments:
Post a Comment